मण्डनदेउपुर नगरपालिकमा शिक्षकहरुलाई पढाइ सुरु गर्न नगरपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित पठनपाठन सुरु गर्न अनुरोध गरेको छ । बुधबार नगरप्रमुख टोक बहादुर वाईबाले विज्ञप्ति जाँदै गर्दै ११ वैशाखदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुलाई अनुरोध गरेका हुन् । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य, जिम्मेवार जनताको सरकारको हैसियतले […]
आन्दोलनरत शिक्षकको तलब रोक्दै हरिनास गाउँपालिका, बिध्यालय संचालन आएपछि मात्र तलब दिने

पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकाले आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ । शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा गएर विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिकाले जनाएको छ । सोहिबमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् । हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा […]
भोलिदेखि पठनपाठन सुचारू गर्न बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयलाई निर्देशन

काठमाडौं । बूढानीलकन्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सूचारु गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आज भोलिदेखि नियमित पठनपाठन सूचारू गराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले नगरभित्र अध्यापनरत शिक्षकहरूकै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको थियो । […]
कक्षा १२ को परीक्षा सार्न बोर्डलाई दिए प्रधानमन्त्रीले निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा प्रधानमन्त्री भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै […]
विध्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरी पढाउन थाक्रे गाउँपालिकाको निर्देशन

काठमाडौँ। धादिङको थाक्रे गाउँपालिकाले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउन सम्पूर्ण अभिभावकहरुलाई पत्रमार्फत आदेश गरेको छ। गाउँपालिकाका सबै जनप्रतिनिधि,सामुदायिक विद्यालयका शिक्षक कर्मचारी,अभिभावक, विद्यालय व्यवस्थापक समितिका सदस्य तथा अभिभावक सङ्घका सबै प्रतिनिधिहरूलाई आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा नै भर्ना गरेर पढाउन पत्राचार गरेको हो। #थाक्रेगाउँपालिका
सरकारले पेल्न खोजेपछि आन्दोलित शिक्षकको निर्णय- कक्षा १२ को परीक्षा बहिष्कार

काठमाडौं। विगत २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गराउने निर्णय सरकारले गरेपछि शिक्षक महासंघले बहिष्कारको निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय मंगलबार गरिसकेको […]
कक्षा १२ को वार्षिक परीक्षा नसर्ने

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । आन्दोलनरत शिक्षकहरुले परीक्षामा सहभागी नहुने निर्णय गरेपछि ११ गतेबाट शुरु हुने बोर्डको परीक्षा अन्यौलमा परेको थियो । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।
कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्न बैठक बोलाइएको हो । आन्दोलनरत शिक्षकहरुले परीक्षामा सहभागी नहुने निर्णय गरेपछि ११ गतेबाट शुरु हुने बोर्डको परीक्षा अन्यौलमा परेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला […]
राप्रपाको कार्यक्रमले शिक्षकलाई डर, आज बिहानै प्रदर्शन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो। प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। यता राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा […]
राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको तयारी गरेपछि शिक्षकहरुको आन्दोलन प्रभावित भएको छ । आफूले १८ दिनदेखि ‘कब्जा’ गरिरहेको बबरमहलको सडक शिक्षकहरुले १९ औं दिनदेखि राजावादीलाई छाडिदिने भएका छन् । गत चैत २० देखि माइतघर–बानेश्वर सडकमा शिक्षकहरुले दिउँसो १२ देखि नियमित प्रदर्शन गर्दै आइरहेका थिए । आइतबार शिक्षकहरुको प्रदर्शनको १९ औं दिन […]