राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

  • प्रकाशित मिति : April 20, 2025
  • sthaniyasarkar.com



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको तयारी गरेपछि शिक्षकहरुको आन्दोलन प्रभावित भएको छ । आफूले १८ दिनदेखि ‘कब्जा’ गरिरहेको बबरमहलको सडक शिक्षकहरुले १९ औं दिनदेखि राजावादीलाई छाडिदिने भएका छन् ।

गत चैत २० देखि माइतघर–बानेश्वर सडकमा शिक्षकहरुले दिउँसो १२ देखि नियमित प्रदर्शन गर्दै आइरहेका थिए । आइतबार शिक्षकहरुको प्रदर्शनको १९ औं दिन हो । तर, आजदेखि शिक्षकहरु आन्दोलनबाट अलिकति पछि हट्ने भएका छन् र शिक्षकले आन्दोलन गर्दै आएको ठाउँ राजावादीहरुका लागि खाली गरिने भएको छ ।

राप्रपाले प्रदर्शनको तयारी गरेपछि शिक्षकहरु पछि हट्ने निर्णयमा पुगेका हुन् । आइतबारदेखि शिक्षकहरुले बिहान ९ बजे नै माइतीघरमा प्रदर्शन शुरु गरेर १२ बजे सिध्याउने र राप्रपाका लागि सडक खाली गरिदिने भएका हुन् ।
पछिल्लो समय शिक्षक आन्दोलनमा देशैभरिका शिक्षकहरुको सहभागिता बढ्दै गएका बेला नेतृत्व पछि हटेको हो ।