कक्षा १२ को परीक्षा सार्न बोर्डलाई दिए प्रधानमन्त्रीले निर्देशन

  • प्रकाशित मिति : April 22, 2025
  • sthaniyasarkar.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।

प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् ।

सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।