धमाधम खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा […]
बानेश्वर-माइतीघर खाली गर्न यातायात महासंघको चारदिने अल्टिमेटम

काठमाडौं।नेपाल शिक्षक महासंघले गत चैत २० गतेयता माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्रमा निरन्तर रूपमा गरिरहेको आन्दोलनबाट उक्त क्षेत्र हुँदै ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुँदा यातायात व्यवसायी र यातायात मदजुरहरूको रोजीरोटी ठप्प भएको भन्दै चार दिन (आगामी बिहीबार) भित्र उक्त रुट खाली नभए आफूहरू पनि सशक्त आन्दोलनमा उत्रने चेतावनी यातायात व्यवासायीहरूले दिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका […]
शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको दाबी गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त […]
कालीगण्डकी गाउँपालिका: कि विद्यालयमा फर्क कि राजीनामा देउ!

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् । शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने […]
शिक्षक-सरकार वार्ता सकियो, सहमति के भयो?

काठमाण्डौं।रकार र नेपाल शिक्षक महासंघबीच बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सकिएको छ। वार्तामा सहभागी एक शिक्षकले भने, वार्ता भर्खरै सकिएको छ। छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको छ।
शिक्षा मन्त्रालयमा सरकार र शिक्षकबीच वार्ता जारी

काठमाडौं। सरकार र नेपाल शिक्षक महासंघबीच अहिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको छ। शुक्रैबार वार्ता गर्ने भनेर सिंहदरबारको गेटमा पुगेका शिक्षक प्रतिनिधिमण्डल त्यसै फर्किएका थिए। त्यसपछि शुक्रबार साँझ शिक्षा मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूलाई आज शनिबार बिहानका लागि वार्तामा आउन आह्वान गरेका थिए। सोहीबमोजिम अहिले आन्दोलनरत शिक्षकको वार्ता टोली र शिक्षा […]
आन्दोलनरत शिक्षकलाई कालिगण्डकी गाउँपालिकाको आग्रह: वैशाख १४ गते भित्र विद्यालय फर्क कि त राजीनामा देऊ !

काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा गएका शिक्षक कर्मचारीहरूलाई विद्यालय फर्केर पठनपाठनमा लाग्न निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले एक सूचना जारी गर्दै पालिकाले शिक्षक र कर्मचारीलाई वैशाख १४ गते अनिवार्य विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन निर्देशन दिएका हुन्। जारी सूचनामा यदि उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन […]
सरकारले शिक्षक महासंघसँग गरेको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी सरकारलाई शिक्षकका समस्या अविलम्ब समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह […]
शिक्षा ऐन तत्काल जारी गर्न स्थानीय सरकारका संघ/महासंघको सरकारलाई अपिल

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षासम्बन्धी मागहरूमध्ये […]
सर्वोच्चको आदेश– आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू*

काठमाडौं।सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]