सूर्योदय नगरपालिकाको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो । सूर्योदय नगरपालिकाको शिक्षा, युवा […]

कालीगण्डकी नदीको महत्वको जानकारी गराउन विद्यार्थीलाई नदीको तटमा ध्यान शिविर

वालिङ। कालीगण्डकी नदीको महत्व र ऐतिहासिक अवस्थाको जानकारी गराउन विद्यार्थीलाई नदीको तटमा ध्यान शिविर तथा प्रवचन कार्यक्रम गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मा रहेको रामनदीधाम संस्कृत गुरुकुलका विद्यार्थीलाई नदीको महत्वबारे जानकारी गराउन नदीको तटमा नै विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको गुरुकुलका प्राचार्य कृष्णप्रसाद बस्यालले जानकारी दिए । धर्म, संस्कार र संस्कृतिको जानकारीसँगै पूर्वीय दर्शनबारे विद्यार्थीलाई प्रयोगात्मक […]

गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका विद्यालय दुई दिन बन्द

पर्सा। अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ । महानगरपालिका कार्यालयले बिहीबार र शुक्रबारका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै केही दिनयता अत्यधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द […]

५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

भोजपुर। भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु। ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी […]

विद्यालयलाई महानगरको निर्देशन: विद्यार्थीले नेपाली भाषा बोल्दा जरिवाना नगर्नू

काठमाडौं।काठमाडौं महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ। केही विद्यालयले अंग्रेजी माध्यमको शिक्षणबाहेक अन्य क्रियाकलापमा पनि नेपाली भाषा प्रयोगमा रोक लगाएर विद्यार्थीलाई दण्डित गरेको गुनासो प्राप्त भएपछि महानगरले यो कदम चालेको हो। महानगरको शिक्षा विभागले सोमबार जारी गरेको सूचनामा […]

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति

काठमाडौं ।नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौतामा असहमति जनाएको हो । महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि हिजाे सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय गरेको थियो […]

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता

काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ । शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् । शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।

सत्ता गठबन्धनको विश्वास: आज शिक्षकहरुसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भइरहेको निष्कर्ष निकालेको छ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठपाठन हुने विश्वास व्यक्त गरे।उनले भने, ‘सरकारले उहाँहरुको मागलाई खेलाची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन […]

शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता शुरु

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा शुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार […]

घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था निकै चिन्ताजनक

काठमाडौं।नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ। महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ […]