काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि १८ हजार आवेदन, साउन ३ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले छात्रावृत्तिको व्यवस्थासम्बन्धी जिम्मेवारी स्थानीय सरकारलाई दिएसँगै महानगरले देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त गरेको हो । गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई […]
सरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने

सरिजङ्घा गाउँपालिका । ताप्लेजुङको सरिजङ्घा गाउँपालिका–१ मा अवस्थित सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । विद्यालयले एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निःशुल्क पाउने निःशुल्क पढाउने भएको हो । सिनाम माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ भइरहेको […]
काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयलाई लक्षित सिपिआर तालिम

काठमाडौँ । क्षेत्रपाटी क्लबले आइतबार एकदिने प्राथमिक उपचार तथा सिपिआर तालिम आयोजना गरेको छ ।विपद्को समयमा प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले क्षेत्रपाटी क्लबले प्राथमिक उपचार तथा सिपिआर तालिमको गरेको हो । काठमाडौँ महानगरपालिका १७ वडाका स्थानीय तथा उक्त क्षेत्र आसपासका सामुदायिक विद्यालयलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक लक्ष्मण मालीले प्रशिक्षण […]
अव काठमाडौँका सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी र डिजिटल शिक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२–८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिने बताएका छन् । मेयर शाहले सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिने बताउदै भने शारीरिक रुपमा अशक्त (अपाङ्गता) , अटिजम, […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित ती जनाको नाम सिफारिस गरेको थियो । समितिले अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, […]
शिक्षामा फक्ताङ्लुङ गाउँपालिका: उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्लाभित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका […]
कामपाले कक्षा ११ र १२ का विद्यार्थीका लागि खुलायो अनलाइन छात्रवृत्ति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख […]
शिक्षामा घोडाघोडी नगरपालिका : उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

घोडाघोडीे । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१÷०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, […]
शिक्षामा हलेसी तुवाचुङ नगरपालिका : उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षमा उत्तीर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको नगरपालिकाले शैक्षिक सत्र २०८१ को एसइई तथा कक्षा ४ देखि ९ सम्म सञ्चालन गरिएको नगरपालिकास्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम […]
एसइई नतिजामा रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा अब्बल

सिद्धार्थनगर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा रुपन्देहीमा रहेका सामुदायिक विद्यालयहरू अब्बल देखिएका छन् । तिलोत्तमामा रहेको सामुदायिक विद्यालय शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसइईमा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना […]