काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्।
स्थानीय सरकार सञ्चालन ऐनले छात्रावृत्तिको व्यवस्थासम्बन्धी जिम्मेवारी स्थानीय सरकारलाई दिएसँगै महानगरले देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त गरेको हो ।
गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ । त्यसका लागि महानगरले नै परीक्षा सञ्चालन गरी प्रतिस्पर्धाका आधारमा विद्यार्थी सिफारिस गर्छ ।यस वर्षका लागि असार १८ देखि २७ गतेसम्म आवेदन खुला गर्दा १७ हजार ९२९ जनाले आवेदन दिएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले स्थानीय सरकारलाई बताइन् ।यीमध्ये ७ सय विद्यार्थीको आवेदन भने अस्वीकृत भएसगैँ आवेदन दिएकामध्ये १७ हजार २२९ जना विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *