काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत (निजी) विद्यालयहरुमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

०७९ देखि महानगरले व्यवस्थित रुपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन् । २०८२ / ०८३ को लागि प्रदान गरिने छात्रवृत्तिको लागि आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ । विद्यालयगत छात्रवृतिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरले जनाएको छ ।

हेर्नुस् महानगरको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *