काठमाडौँ । क्षेत्रपाटी क्लबले आइतबार एकदिने प्राथमिक उपचार तथा सिपिआर तालिम आयोजना गरेको छ ।विपद्को समयमा प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले क्षेत्रपाटी क्लबले प्राथमिक उपचार तथा सिपिआर तालिमको गरेको हो ।
काठमाडौँ महानगरपालिका १७ वडाका स्थानीय तथा उक्त क्षेत्र आसपासका सामुदायिक विद्यालयलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा प्रशिक्षक लक्ष्मण मालीले प्रशिक्षण दिएका थिए ।
उनले सिपिआरको सहायताले मृत्युको नजिक पुगेका घाइतेलाई कसरी बचाउन सकिन्छ भनी अभ्यास सहितको प्रशिक्षण भएको थियो । प्राथमिक उपचार र सिपिआरको बारेमा जानकारी होस् भन्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष गोपाल मालीले जानकारी दिए ।
कार्यक्रममा स्थानीयवासी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति थियो ।
काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयलाई लक्षित सिपिआर तालिम
- प्रकाशित मिति : July 13, 2025
- sthaniyasarkar.com