सत्ता गठबन्धनको विश्वास: आज शिक्षकहरुसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ

  • प्रकाशित मिति : April 30, 2025
  • sthaniyasarkar.com

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भइरहेको निष्कर्ष निकालेको छ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठपाठन हुने विश्वास व्यक्त गरे।उनले भने, ‘सरकारले उहाँहरुको मागलाई खेलाची गरेको छैन। उहाँलाई सुरुदेखि नै वार्तामा बोलाएको हो। विभिन्न कारणले आउन सक्नुभएन। निर्वतमान शिक्षामन्त्रीले पनि धेरै प्रयत्न गर्नुभएको थियो। विधेयक समितिमा छ। उहाँहरुले विधेयक नलि जान्न भन्ने खालको कुरा गरेपछि ढिला भएको हो।’