काठमाडौं।काठमाडौं महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ।

केही विद्यालयले अंग्रेजी माध्यमको शिक्षणबाहेक अन्य क्रियाकलापमा पनि नेपाली भाषा प्रयोगमा रोक लगाएर विद्यार्थीलाई दण्डित गरेको गुनासो प्राप्त भएपछि महानगरले यो कदम चालेको हो।

महानगरको शिक्षा विभागले सोमबार जारी गरेको सूचनामा अंग्रेजी शिक्षणबाहेक अन्य अवस्थामा नेपाली भाषा प्रयोगमा कुनै बाधा नगर्न स्पष्ट निर्देश दिइएको छ। यस्तो कार्य गर्ने विद्यालयहरूलाई तत्काल यस्ता अभ्यास बन्द गर्न भनिएको छ।

यसअघि पनि यस्ता गुनासाहरू प्राप्त हुन गरेकोमा महानगरले विद्यालयहरूलाई सचेत गराउँदै आएको थियो। निर्देशन तत्काल कार्यान्वयन गर्न सबै विद्यालयलाई आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *