बागलुङका छ हजारभन्दा बढी बालबालिकालाई लगाइयो सबै खोप

बागलुङ। बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने १३ वटा रोगविरुद्धका सबै खोप लगाइएको हो । “बागलुङका सबै स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप […]
वीरगञ्ज महानगरले राति नै गर्छ नाली सरसफाइ

वीरगञ्ज।मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ ।दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो । वीरगञ्ज […]
सूर्योदय नगरपालिकाको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो । सूर्योदय नगरपालिकाको शिक्षा, युवा […]
स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे । ‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ […]
धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान

धादिङबेसी । धादिङमा गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ । पशु सेवा कार्यालय धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा एकैसाथ अभियान संचालन गरेको हो । गाई–भैसीमा लम्पी स्किन लाग्न नदिन पूर्वतयारी स्वरूप सबै पालिकामा कृषकका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको पशुसेवा कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ पशु विकास […]
नीलकण्ठ नगरपालिकाले गर्यो ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’

धादिङबेसी। धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेला नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयको प्राङ्गण गरिएको हो । रोजगार मेलाको उद्धघाटन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ […]
सिन्धुपाल्चोकका नौ स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

काठमाडाँ। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकाभित्र रहेका सबै लक्षित बालबालिकालाई नियमित खोप सेवा पु¥याइएको जनाउँदै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा तथा खोपको पहुँच विस्तारका लागि निरन्तर पहल हुँदै […]
गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका विद्यालय दुई दिन बन्द

पर्सा। अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ । महानगरपालिका कार्यालयले बिहीबार र शुक्रबारका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै केही दिनयता अत्यधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द […]
वायु प्रदूषण हेर्न ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’

काठमाडौँ।काठमाडौँ महानगर क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापन यन्त्रमा प्रकाशित तथ्यांक हेर्न महानगरपालिकाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ।विश्व वातावरण दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले बिहीबार ड्यासबोर्ड सार्वजनिक गरेको हो। ड्यासबोर्डबाट काठमाडौँ महानगर क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पीएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न […]
भूमिहीन-सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान

काठमाडौँ।भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। आयोगले आज (बिहीबार)सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो। ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी […]