मेयर बालेन र उपमेयर सुनिताको वार्ता, बस्ला त अव कार्यपालिका बैठक?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि आजबुधबार भेटवार्ता भएको छ ।केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको मेयर बालेन र उपमेयर सुनिताको वार्ता, बस्ला त अव कार्यपालिका बैठक काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो […]
महालेखाको नजरमा अछुतो रहेनन् बालेन!

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरर बालेन शाहपनि महालेखाकोको नजरमा अछुतो रहेनन् सकेनन्। महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ मा गरेका विभिन्न खर्चहरू ऐन तथा कानूनविपरीत रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरद्वारा गरिएका विभिन्न खर्चहरूमा व्यापक प्रश्न उठाएको छ । महानगरद्वारा गरिएका वैदेशिक भ्रमण, सल्लाहकारको खर्च, अतिथि सत्कार,अनुदान वितरण जस्ता […]
बनेपामा सशस्त्र प्रहरीद्वारा विपद् अनुशिक्षण तालिम

काभ्रे।बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ। तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ। तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो। […]
सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा बन्यो प्रभावकारी

लमजुङ । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा अहिले प्रभावकारी बनेको छ।पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिइसकेका छन्। नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पु¥याउने कार्यविधि रहेको छ। संस्कार […]
राजविराजमा निलम्बित मेयरका यादवका समर्थकले गरे नगरपालिका तोडफोड

सप्तरी।सप्तरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्। कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित […]
तुलसीपुर पूर्ण खोप सुनिश्चिता घोषणा

तुलसीपुर।तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गरेका हुन्। नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई नियमितरूपमा खोप दिएर […]
जन्मदापाँच हजार, मृत्यु पश्चात दश हजार

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले सोमबार आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए । उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु […]
पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

काठमाडौँ। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा सुरु भएको मानिन्छ । […]
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

भोजपुर। भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु। ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी […]
मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा। मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार“लम्पी स्किन र स्वाइन फ्लूको […]