कृषकको कथा: खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च

खोटाङ । खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अहिले अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । गाउँका कृषकबाट व्यापारीले प्रतिकिलो ७ सयदेखि ८ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजारमा बिक्री गर्ने गरेको पाइएको छ। अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारीको मूल्य हालसम्मकै उच्च बनेको हो । जिल्लामा […]
असिना पानीले सल्यानको सय रोपनीभन्दा बढी जमिनको मकै बालीमा क्षति

सल्यान । ४ दिनअघि आएको असिना पानीले सल्यानको गाउँपालिका–५ मा असिना पानीले मकै बालीमा क्षति पु¥याएको छ । पानीले सिमखोला, लयटा लगायतका गाउँका किसानहरूले सय रोपनीभन्दा बढी जमिनमा लगाएको मकै बालीमा क्षति पु¥याएको हो । गोडमेल गरेर हुर्कँदै गरेका मकै असिना पानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन् । मकै बालीमा क्षति […]
रामप्रसादराई गाउँपालिकाको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ […]
विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन आजबाट सुरु

विराटनगर । स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको छन् । स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा […]
‘एक घर एक धारा’ अन्तर्गत एक सय ४० वटा घरमा खानेपानी धारा निर्माण सम्पन्न

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ माछीखोला आसपासका एक सय ४० वटा घरमा एक घर एक धारा खानेपानी निर्माण सम्पन्न भएको छ। कुनै बेला खानेपानीका लागि एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै करिब २० वर्षपछि घर घरमा खाने पानी धारा पुगेपछि स्थानीय खुशी भएका छन् । माछाखोला र आसपासका एक सय ४० वटा […]
बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घाेषणा

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिए । उनका अनुसार […]
१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई, चापाकोट नगरपालिका दोस्रो

स्याङ्जा। १३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो । यस्तै १२ स्वर्ण, १८ रजत र ११ कास्य पदक हात पार्दै चापाकोट नगरपालिका दोस्रो भएको हो । यस्तै तृतीय पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात […]
ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास, करिब १२ करोड ३५ लाखको लागत

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा–आजासहित शिलान्यास गरिएको हो । आफ्नै प्रशासनिक भवन […]
काभ्रेको पनौती पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

काभ्रे । पनौती नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले खोप प्राप्त गरेका आधारमा जिल्ला खोप समितिले कार्यक्रम आयोजना गरी घोषणा गरेको हो। नगरका १२ वटै वडाले पूर्ण खोप सुनिश्चितता प्रमाणित गरी सबै स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गरिएको छ। घरधुरी सर्वेक्षण, डाटा भेरिफिकेशन र आवश्यक प्रक्रिया पूरा भएपछि […]
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा गाउँपालिका’

भोजपुर । पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो । तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग […]