खोटाङ । खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अहिले अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । गाउँका कृषकबाट व्यापारीले प्रतिकिलो ७ सयदेखि ८ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजारमा बिक्री गर्ने गरेको पाइएको छ।
अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारीको मूल्य हालसम्मकै उच्च बनेको हो । जिल्लामा उत्पादित तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारीले बजार लिएको छ।