सल्यान । ४ दिनअघि आएको असिना पानीले सल्यानको गाउँपालिका–५ मा असिना पानीले मकै बालीमा क्षति पु¥याएको छ । पानीले सिमखोला, लयटा लगायतका गाउँका किसानहरूले सय रोपनीभन्दा बढी जमिनमा लगाएको मकै बालीमा क्षति पु¥याएको हो ।
गोडमेल गरेर हुर्कँदै गरेका मकै असिना पानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन् । मकै बालीमा क्षति गरेपछि किसानहरू फेरि मकै रोप्ने कि बारी बाँझो राख्ने भन्ने चिन्तामा परेका छन् ।
किसानका अनुसार असिनाले मकैसँगै भटमास, सिमी, बोडीका बोटमा पनि कामै नलाग्ने गरी क्षति गरेको छ । गत वर्ष जंगली जनावरले पीडित भएका किसान यस बर्ष असिनाले क्षति गरेपछि अब के खाने भन्ने चिन्तामा छन् ।
गाउँपालिकाले किसनाहरूले लगाएको मकैबालीमा असिना पानीले कति क्षति पु¥याएको छ भन्ने यकिन तथ्याङ्क आइनसकेको बताएको छ ।