स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो । मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा […]
स्थानीय यार्सागुम्बा टिप्न गएपछि विद्यालय बन्द

मुगु । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरूमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो ।गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्ध वृद्धा मात्र भेटिन्छन् । यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्त्वपूर्ण पक्ष हो । कक्षा १ मा पढ्दै गरेकी सोनाम […]
पूर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे ठोकर्पा स्वास्थ्य चौकीको उद्धाटन

सिन्धुपाल्चोक। नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउॅपालिका वडा नं २ मा निर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । उनले मंगलबार सुनकोसी गाउँपालिका– २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।अध्यक्ष टपेन्द्र तिमल्सिनाले चौकीको उद्घाटन रोक्न गाउँपालिका आइतबार विज्ञप्ति नै जारी गरे बाबजुद पनि उनले उद्धाटन गरेका हुन्। […]
सल्यानका १० स्थानीय तहमा १४ करोड बढीको बेरुजु

सल्यान । सल्यानका स्थानीय सरकारहरूले आर्थिक अनुशासनमा केही सुधार गरे पनि अझै १४ करोड बढीको सार्वजनिक खर्च अपारदर्शी रहेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कूल १४ करोड ३८ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको हो। बेरुजुको अनुपातका हिसाबले सबैभन्दा बढी […]
बोलपत्र आह्वानको सूचना लुकाएको आरोपमा फेटा गाउँपालिकाका दुई अधिकृतसहित पत्रिका सञ्चालकविरुद्ध आरोपपत्र दायर

काठमाडौं।बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर िगरको जनाएको छ। अधिकृतद्वय सिंह र साहले फेटा गाउँपालिका, बाराबाट आव २०७९।८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य बोलपत्र आव्हानको सूचना सार्वजनिक […]
ढुंगा खसेर लागेर लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुखको मृत्यु

दार्चुला। दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुखको निधन भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाको सोमबार बेलुका मोटरसाइकल चलाइरहेको समयमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार लेकम गाउँपालिका– ४, गोदालीस्थित भित्री सडकखण्डमा रिठाचौपाताबाट सोही गाउँपालिकातर्फ जाँदै गरेका ओझालाई सडकमाथिबाट खसेको ढुंगा लागेको […]
विद्यालयलाई महानगरको निर्देशन: विद्यार्थीले नेपाली भाषा बोल्दा जरिवाना नगर्नू

काठमाडौं।काठमाडौं महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ। केही विद्यालयले अंग्रेजी माध्यमको शिक्षणबाहेक अन्य क्रियाकलापमा पनि नेपाली भाषा प्रयोगमा रोक लगाएर विद्यार्थीलाई दण्डित गरेको गुनासो प्राप्त भएपछि महानगरले यो कदम चालेको हो। महानगरको शिक्षा विभागले सोमबार जारी गरेको सूचनामा […]
रावाबेँसी पूर्णखोप सुनिश्चित गाउँपालिका

खोटाङ। रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि […]
तिला गाउँपालिका: स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

जुम्ला। जुम्लाको तिला गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ।तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ७ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो। प्रतिष्ठाका अस्पताल निर्देशक तथा विशेषज्ञ डाक्टर पुजन […]
बाटो निर्माण गर्दा भ्रष्टाचारको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए […]