जुम्ला। जुम्लाको तिला गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ।तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ७ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो।
प्रतिष्ठाका अस्पताल निर्देशक तथा विशेषज्ञ डाक्टर पुजन रोकाया, डा राजेन्द्र गिरी, शम्भु कुमार यादव, डा टंक आचार्य, डा तुफान कठायत र डा अरूण उप्रेती गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली स्वास्थ्य शिविरमा थियो।