तुलसीपुर पूर्ण खोप सुनिश्चिता घोषणा

तुलसीपुर।तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गरेका हुन्। नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई नियमितरूपमा खोप दिएर […]
७२ जिल्लामा फैलियो डेङ्गु, सबैभन्दा धेरै सङ्क्रमितको काठमाडौँमा

काठमाडौँ। मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । […]
बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घाेषणा

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिए । उनका अनुसार […]
बन्द भएका ५७ वटा आधारभूत अस्पताल साउनदेखि सञ्चालन गर्ने तयारी

काठमाडौँ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोत अभावका कारण सञ्चालन हुन नसकेका ५७ वटा आधारभूत अस्पतालहरु आगामी साउनदेखि सञ्चालन गर्ने तयारी गरेको छ। मन्त्रालयले निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका आधारभूत अस्पताललाई सञ्चालन गर्ने तयारी गरेको हो। मन्त्रालयले मापदण्डका आधारमा आधारभूत अस्पताललाई जनशक्ति, औजार–उपकरण, औषधी तथा रिएजेन्टसलगायत अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न […]
आँखा स्वास्थ्यलाई बिमा कार्यक्रममा समायोजन गरिनेछ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा […]
तिला गाउँपालिका: स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

जुम्ला। जुम्लाको तिला गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ।तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ७ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो। प्रतिष्ठाका अस्पताल निर्देशक तथा विशेषज्ञ डाक्टर पुजन […]