सिन्धुलीको दुधौली नगरपालिकाका मेयरविरुद्ध बलात्कारको आरोप

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेको छ । जिल्लाकै एक महिलाले मेयर अधिकारीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । ती महिलाले बलात्कारपछि आफूले एक सन्तानलाई जन्म दिएको पनि उल्लेख गरेकी छन् । मेयर अधिकारीले जिल्लाकै एक गेस्ट हाउसको कोठामा आफूलाई बलात्कार गरेको उक्त जाहेरीमा उल्लेख छ […]
भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

काठमाडौँ।भोलिदेखि सबै सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउन ललितपुर महानगरले आग्रह गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनले सोमबारबार एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा ( भोलि) मंगलबारबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउनु अनुरोध गरेका हुन्।
धमाधम खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा […]
काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं।काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री समेत भइसकेका तीर्थरामको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन […]
शिक्षक ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको दाबी गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त […]
कालीगण्डकी गाउँपालिका: कि विद्यालयमा फर्क कि राजीनामा देउ!

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् । शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने […]
भोलिदेखि विद्यालय नखोले रोहिणी गाउँपालिकाले शिक्षक कर्मचारीलाई कारबाही गर्ने

रूपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले १४ गतेदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।विद्यालय सञ्चालन नभए शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।२०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत […]
आन्दोलनरत शिक्षकलाई कालिगण्डकी गाउँपालिकाको आग्रह: वैशाख १४ गते भित्र विद्यालय फर्क कि त राजीनामा देऊ !

काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा गएका शिक्षक कर्मचारीहरूलाई विद्यालय फर्केर पठनपाठनमा लाग्न निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले एक सूचना जारी गर्दै पालिकाले शिक्षक र कर्मचारीलाई वैशाख १४ गते अनिवार्य विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन निर्देशन दिएका हुन्। जारी सूचनामा यदि उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन […]
शिक्षा ऐन तत्काल जारी गर्न स्थानीय सरकारका संघ/महासंघको सरकारलाई अपिल

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षासम्बन्धी मागहरूमध्ये […]
भरत ताल बनाउने बागमती नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ। नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो। वन अतिक्रमण, […]