भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

  • प्रकाशित मिति : April 28, 2025
  • sthaniyasarkar.com

काठमाडौँ।भोलिदेखि सबै सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउन ललितपुर महानगरले आग्रह गरेको छ।

महानगरका प्रवक्ता राजु महर्जनले सोमबारबार एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा ( भोलि) मंगलबारबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउनु अनुरोध गरेका हुन्।