ललितपुर महानगरमा ‘एक विद्यालय, एक सम्पदा कार्यक्रम’ सञ्चालन

ललितपुर महानगरपालिकाले एक विद्यालय, एक सम्पदा कार्यक्रम सुरु गरेको छ। महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाबारे जानकारी दिन यो कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ। ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो। कार्यक्रमअन्तर्गत विद्यार्थीले विद्यालयनजिक वा पायक पर्ने स्थानमा रहेका सम्पदा सरसफाइ र संरक्षण […]

ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो । बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने […]

ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुँदै, चिरिबाबुको भ्रमण स्वीकृत

काठमाडौं । ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ। भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन अमेरिका जाँदै छन्। महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत गरिसकेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म हुने महर्जनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा […]

ललितपुर महानगरपालिकामा आज शोक बिदा

ललितपुर । आज ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक बिदा दिएको हो । बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो । विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर सहरको विकासमा योगदान पुर्‍याएका थिए । कार्यालयको साउन ४ […]

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

ललितपुर । ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो। जिल्लाका छ वटा स्थानीय तहमध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने पाँचौ स्थानीय तह हो। यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा […]

ललितपुर महानगरपालिका: एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत बिमा प्रिमियम तिरिदिने

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरबासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबीच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् । यसैगरी नगर प्रहरी, महानगरका सरसफाईकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने […]

भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

काठमाडौँ।भोलिदेखि सबै सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउन ललितपुर महानगरले आग्रह गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनले सोमबारबार एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा ( भोलि) मंगलबारबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउनु अनुरोध गरेका हुन्।