काठमाडौं । ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ।

भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन अमेरिका जाँदै छन्।

महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत गरिसकेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म हुने महर्जनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद्को सोही बैठकले धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *