सिन्धुलीको दुधौली नगरपालिकाका मेयरविरुद्ध बलात्कारको आरोप

  • प्रकाशित मिति : April 28, 2025
  • sthaniyasarkar.com

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेको छ । जिल्लाकै एक महिलाले मेयर अधिकारीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।

ती महिलाले बलात्कारपछि आफूले एक सन्तानलाई जन्म दिएको पनि उल्लेख गरेकी छन् । मेयर अधिकारीले जिल्लाकै एक गेस्ट हाउसको कोठामा आफूलाई बलात्कार गरेको उक्त जाहेरीमा उल्लेख छ ।

आफूमाथि २०८१ को वैशाखको तेस्रो/चौथो हप्ता बलात्कार भएको जाहेरीमा उल्लेख छ । त्यसपछि आफूले २०८१ फागुनमा छोरालाई जन्म दिएको जाहेरीमा उल्लेख छ ।

मेयर अधिकारी माओवादीको तर्फबाट दुधौलीको मेयरमा निर्वाचित भएका हुन् ।