सिन्धुलीको दुधौली नगरपालिकाका मेयरविरुद्ध बलात्कारको आरोप

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेको छ । जिल्लाकै एक महिलाले मेयर अधिकारीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । ती महिलाले बलात्कारपछि आफूले एक सन्तानलाई जन्म दिएको पनि उल्लेख गरेकी छन् । मेयर अधिकारीले जिल्लाकै एक गेस्ट हाउसको कोठामा आफूलाई बलात्कार गरेको उक्त जाहेरीमा उल्लेख छ […]