काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा गएका  शिक्षक कर्मचारीहरूलाई विद्यालय फर्केर पठनपाठनमा लाग्न  निर्देशन दिएको छ।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले एक सूचना जारी गर्दै पालिकाले शिक्षक र कर्मचारीलाई वैशाख १४ गते अनिवार्य विद्यालयमा उपस्थित भई पठनपाठनमा  सहभागी हुन निर्देशन दिएका हुन्।

जारी सूचनामा यदि उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन पनि भनिएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० गते देखि सडक आन्दोलनमा रहेका छन्। शिक्षकहरूले शैक्षिक हड्ताल नै गरेर आन्दोलनमा गएपछि विद्यालयको नयाँ शैक्षिक सत्र अन्तर्गतका भर्ना प्रक्रिया प्रभावित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *