सिन्धुपाल्चोक। नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउॅपालिका वडा नं २ मा निर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् ।

उनले मंगलबार  सुनकोसी गाउँपालिका– २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।अध्यक्ष टपेन्द्र तिमल्सिनाले चौकीको उद्घाटन रोक्न गाउँपालिका आइतबार विज्ञप्ति नै जारी गरे बाबजुद पनि उनले उद्धाटन गरेका हुन्।
भ्रष्टाचार मुद्दा लागेका बस्नेतलाई चौकी उद्घाटन गर्न नदिने र कसैले गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसको बाबजुद काँग्रेसका सयौं नेता कार्यकर्ताको उपस्थितिमा बस्नेतले चौकी उद्घाटन गरेका हुन् ।
बस्नेतलाई नेता कार्यकर्ताले बाजा गाजासहित भव्य स्वागत गरेका थिए । सो कार्यक्रममा सयौं संख्यामा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *