काभ्रे । पनौती नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले खोप प्राप्त गरेका आधारमा जिल्ला खोप समितिले कार्यक्रम आयोजना गरी घोषणा गरेको हो।

नगरका १२ वटै वडाले पूर्ण खोप सुनिश्चितता प्रमाणित गरी सबै स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गरिएको छ। घरधुरी सर्वेक्षण, डाटा भेरिफिकेशन र आवश्यक प्रक्रिया पूरा भएपछि जनस्वास्थ्य कार्यालय धुलिखेलले घोषणासहित प्रमाणपत्र प्रदान गरेको हो।

कार्यक्रममा प्रमुख, उपप्रमुख, जिसस प्रमुख, वडाध्यक्ष, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो। उनीहरूले पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। साथै, किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणाको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *