रोशीको बस्ती जोगाउन स्थानीय सरकारको तयारी

रोशी । रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका–१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो । पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ […]
१४२१ वर्ष पुरानो हिले जात्राको आज मुख्य दिन

काभ्रे । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको आज मुख्य दिन हो । आज पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एकापसमा जुधाइन्छ । जेष्ठ शुक्ल पूर्णिमाको दिन […]
पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

काठमाडौँ। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा सुरु भएको मानिन्छ । […]
काभ्रेको पनौती पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

काभ्रे । पनौती नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले खोप प्राप्त गरेका आधारमा जिल्ला खोप समितिले कार्यक्रम आयोजना गरी घोषणा गरेको हो। नगरका १२ वटै वडाले पूर्ण खोप सुनिश्चितता प्रमाणित गरी सबै स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गरिएको छ। घरधुरी सर्वेक्षण, डाटा भेरिफिकेशन र आवश्यक प्रक्रिया पूरा भएपछि […]