रोशी । रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका–१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो ।
पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ । सुरूमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।
तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरु हुने र यसका लागि ५ करोड बजेट रहेको उनले बताए ।