धादिङबेसी । धादिङमा गाई–भैसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।
पशु सेवा कार्यालय धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा एकैसाथ अभियान संचालन गरेको हो । गाई–भैसीमा लम्पी स्किन लाग्न नदिन पूर्वतयारी स्वरूप सबै पालिकामा कृषकका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको पशुसेवा कार्यालय धादिङका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. बबलु ठाकुरका अनुसार हो ।
पशु सेवा विभागबाट जिल्लामा २१ हजार डोज खोप प्राप्त भएको छ । पालिकाहरुको मागको आधारमा लम्पी स्किन रोग नियन्त्रणका लागि सम्बन्धित पालिकालाइ खोप पठाइएको कार्यालय प्रमुख ठाकुरले बताए ।
तीमध्ये सबैभन्दा धेरै धुनिबेशी नगरपालिकाका लागि ५ हजार ५ सय डोज पठाइएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाभर ७० जना भ्याक्सिनेटर परिचालन गरिएको छ । खोप कर्ता टोलटोलमा पुग्दा कृषकहरूले सहकार्य गर्न पशुसेवा कार्यालयले आग्रह गरेको छ ।
“गाई, गोरु र भैसीलाई प्राथमिकताकासाथ खोप लगाउने काम भइरहेको छ, डा. ठाकुरले भने, “आवश्यक परे थप खोप माग गरिनेछ ।”
पशुपालक कृषकहरूलाई सतर्क रहन, गाई, भैसीमा लक्षण देखिएमा तुरुन्त नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन र खोप कार्यक्रममा सहकार्य गर्न पशुसेवा कार्यालय धादिङले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *