काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।
शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।
शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।
सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता
- प्रकाशित मिति : April 30, 2025
- sthaniyasarkar.com
