काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी सरकारलाई शिक्षकका समस्या अविलम्ब  समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

डा. कोइरालाले लेखेका छन्, ‘सरकार र महासङ्घबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *