काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

आन्दोलनरत शिक्षकहरुले परीक्षामा सहभागी नहुने निर्णय गरेपछि ११ गतेबाट शुरु हुने बोर्डको परीक्षा अन्यौलमा परेको थियो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *