प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै

काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ। हिजो राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको हो। आज दिउसो ३ः १५ बजे बानेश्वरमा रहेको रत्नराज्य मावि बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष […]
आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । महतले आज बिहान आफ्नै निवासमा गरेको छलफलमा शिक्षकहरूका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारले जायज माग यथाशीघ्र पूरा गर्नुपर्ने बताए । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पनि छलफल गरेका थिए । विद्यालय शिक्षा ऐन […]
सरकारको आश्वासनप्रति शिक्षक आक्रोशितः झुटो हल्लाको पछाडि लागेर आन्दोलन नरोक्न अनुरोध

काठमाडौं ।सरकारले शिक्षकलाई आन्दोलन स्थगित गर्न अनुरोध गर्दै संसदको अधिवेशन आह्वान गरे पनि शिक्षकले आन्दोलन नरोक्ने भएका छन्। सरकारले वार्ता र संवादबाट समस्याको समाधान हुने आश्वासन दिँदै यस्तो निर्णय गरेपछि शिक्षक आक्रोशित बन्दै आन्दोलनलाई निरन्तरता दिन लागेका हुन्। विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र […]
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि […]
नयाँ शैक्षिक सत्र सुरु, शिक्षक सबै सडकमा

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८२ आजदेखि सुरु भएको छ । तर विद्यार्थी भर्ना भने २ वैशाखदेखि हुने छ । १ वैशाखका दिन सार्वजनिक बिदा भएकाले २ वैशाखदेखि भर्ना सुरु हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको […]
विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर

नेपाल ज्योति-काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा […]
५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो

नेपाल ज्योति-लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक […]
भिजिट भिसामा कडाइ : अब अंग्रेजी जान्नै पर्ने !

नेपाल ज्योति- सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा […]
अनुमति पाएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् […]
कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना

नेपाल ज्योति- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन। विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले […]