१३ औं सागको आयव्यय विवरण सार्वजनिक

नेपाल ज्योति- प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय विवरण सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औं सागको आयव्यय विवरण सार्वजनिक गरेको हो । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । […]
विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

नेपाल ज्योति- विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ […]
चिनियाँ रक्षामन्त्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्तापछि आजै स्वदेश फर्कने

नेपाल ज्योति- जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो काठमाडौँ आइपुगेका छन् । २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी बिहान १० : ३५ बजे काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सड्दै पुराना रिल

नेपाल ज्योति-बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल फिल्म विकास कम्पनी (एनएफडिसी) मा राखिएको पुरानो फिल्मको रिलको संरक्षण हुन सकेको छैन। सुरक्षित रूपमा बक्समा राखिएका पुराना रिल २०७२ सालको भूकम्पछि फुटेर टुटेर बिग्रिएको अवस्थामा छन्। चलचित्र विकास कम्पनीका संरक्षक रोम भट्टराई कलाकारहरूलाई रिल लैजान भने पनि कुनै सुनुवाई नहुँदा ती सामाग्री बिग्रदै गएको र राम्रा रिल पनि […]
ट्राफिक जरिवाना अब बैंकिङ प्रणाली मार्फत दाखिला

नेपाल ज्योति-प्रहरी कार्यालय कास्की र ग्लोबल आई.एम.ई. बैङक न्युरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टर आज एक कार्यक्रममा बिच उद्घाटन भई विधिवत रुपमा सञ्चालनमा आएको छ । यो काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ । कारवाहिमा परेका […]
सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाकाे सुचिमा

नेपाल ज्योति- बीबीसीले विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गरको छ। विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।
एकैदिन ३९४ अस्पताल शिलान्यास गरिदै

नेपाल ज्योति -सरकारले एकैदिन ३ सय ९४ वटा अस्पतालको शिलान्यास गर्ने तयारी गरेको छ। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ सरकारले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमध्ये ३ सय ९४ वटामा अस्पताल निर्माण थाल्ने भएको हो। त्यसका लागि यही मंसिर १५ गते एकैदिन ३९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने तयारी अन्तिम […]
पर्यटनको बहुआयामिक गन्तव्य रसुवा

राजधानी काठमाडौँबाट दुरीका हिसाबले नजिकै रहेको सुन्दर हिमाली जिल्ला रसुवा पर्यटकीय महत्वका दृष्टिले नेपालकै प्रमुख जिल्ला मध्ये एक हो । यो जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । रसुवा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका हिसाबले हिमाली पदयात्राका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य मानिन्छ । याँहाका हिमाल, तालतलैया, बन्यजन्तु,तामाङ जातिको भाषा, […]