नेपाल ज्योति-
प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औं सागको आयव्यय विवरण सार्वजनिक गरेको हो ।

साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राखेपले हिसाबकिताब समयमा नआएको र कोरोनाको महामारीको कारण ढिला भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले साग खेलकुद तर्फ १ अरब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको जानकारी दिए । यस्तै निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख उनले बताए ।

यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागि संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँ पुरस्कार रकम दिएको राखेपले जानकारी दिएको छ ।

सागका बेला परिषद्ले एक अर्व ३७ करोड, २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसमा नेपाल सरकारबाट एक अर्व २३ करोड, टिकट विक्रिबाट दुई करोड ६७ लाख, विज्ञापनबाट करिव २१ लाख, सहभागि देशबाट एक अर्व ३७ करोड २७ लाख रुपैयाँ आम्दानी भएको राखेप सदस्य सचिव सिलवालले जानकमारी दिए ।

१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *