नेपाल ज्योति- जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो काठमाडौँ आइपुगेका छन् ।

२० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी  बिहान १० : ३५ बजे काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *