ट्राफिक जरिवाना अब बैंकिङ प्रणाली मार्फत दाखिला

  • प्रकाशित मिति : November 27, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-प्रहरी कार्यालय कास्की र ग्लोबल आई.एम.ई. बैङक न्युरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टर आज एक कार्यक्रममा बिच उद्‌घाटन भई विधिवत रुपमा सञ्चालनमा आएको छ ।

यो काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ ।

कारवाहिमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको उक्त काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ , गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र ग्लोबल आई.एम.ई. बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गर्नुभयो ।

उद्‌घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पार्दशिता एवं सु-शासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतीको विश्वसनियतामा वृद्धि हुने बताउनु भयो ।