कोशी प्रदेशमा बाढी–पहिरोबाट २ अर्ब ६ करोडभन्दा बढीको क्षति

विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा सडक, पूर्वाधार, खानेपानी तथा सिँचाइ आयोजनामा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार भौतिक पूर्वाधार अन्तर्गत मात्रै १ अर्ब […]
कोसी प्रदेशमा बाढी र पहिरोले ४४ जनाको मृत्यु, करिब २७ हजार विस्थापित

विराटनगर । कोसी प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षाका कारण ४४ जनाको मृत्यु भएको छ भने करिब २७ हजार जना विस्थापित भएका छन्। सबैभन्दा ठूलो क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परेर ७ जना बालबालिकासहित ३७ जनाले ज्यान गुमाएका छन्। यस्तै मोरङमा एक, […]
विराटनगरमा जेनजी समूहको आन्दोलन:१०३ वटा सरकारी कार्यालय ध्वस्त

विराटनगर, मोरङ – जेनजी समूहको आन्दोलनका नाममा मोरङ जिल्लामा व्यापक आगजनी र तोडफोड गरिएको छ। अराजक समूहले १०३ वटा सरकारी कार्यालय ध्वस्त पार्नुका साथै प्रहरी कार्यालय, पार्टी कार्यालय, व्यापारिक भवन र निजी घरहरूमा समेत क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार २१ वटा संघीय सरकार मातहतका कार्यालयमा क्षति पुर्याइएको छ। जिल्लामा कुल ७३ वटा […]
आगजनीले ध्वस्त कोशी सरकार : ४२ भवन जले, दर्जनौं सवारीसाधन खरानी

विराटनगर । जेनजी समूहले सुरु गरेको आन्दोलन अराजकतामा परिणत हुँदा कोशी प्रदेश सरकारले ठूलो भौतिक क्षति बेहोर्नु परेको छ। आन्दोलनका नाममा अराजक समूहले आगजनी एवं तोडफोड गर्दा प्रदेश सरकारका संरचना थिलथिलो बनेका छन्। प्रदर्शनकारीले कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा सरकारी संरचना र सम्पत्तिमा अत्यन्तै धेरै क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। […]
पूर्वमुख्यमन्त्री कार्कीको पहलमा सुकुम्बासी दर्जी परिवारलाई जस्ता पाताको सहयोग

इटहरी, मोरङ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको पहलमा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित एक विपन्न सुकुम्बासी दर्जी परिवारलाई जस्ता पाताको सहयोग गरिएको छ। गत जेठमा आएको हावाहुरीले घर उडाएपछि असहाय बनेको परिवारलाई स्थानीयस्तरबाट काठको व्यवस्था गरिए पनि छाना राख्न नसकिएको अवस्थामा कार्कीको पहलले राहत पुगेको हो। नेपाली कांग्रेस सुन्दरहरैंचा–५ का सभापति घनश्याम न्यौपानेका अनुसार, वडाबाट […]
कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको तथ्याङ्क सार्वजनिक गर्दै यो सुधारात्मक पहल रहेको बताताएका […]
कोशी प्रदेश सरकार : यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले केवल बजेट पारित गर्ने परम्परागत अभ्यासभन्दा बाहिर निस्कँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमै जोड दिने नीति लिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह, सामाजिक शुद्धीकरण र स्थानीय प्रशासन सुदृढीकरणका क्षेत्रमा केन्द्रित नीति तथा निर्णयहरू सार्वजनिक गरेको हो । बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले […]
कोशी प्रदेशले गर्यो ७७ प्रतिशत बजेट खर्च

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो, जुन कुल विनियोजित रकमको ७७.२६ प्रतिशत हो […]
कोशीमा १४.२५ प्रतिशत रोपाइँ : बढी पाँचथरमा ४५ र कम सोलुखुम्बुमा ६.३१ प्रतिशत

विराटनगर। कोशी प्रदेशमा यस वर्षको असार दोस्रो सातासम्म १४.२५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अघिल्लो वर्ष यही अवधिमा १३.७१ प्रतिशत रोपाइँ भएको थियो। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यो तथ्यांक सार्वजनिक गर्दै समग्र रूपमा रोपाइँको स्थिति सकारात्मक रहेको जनाएको छ। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार […]
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमतीको ६७ अर्ब

काठमाडौँ । प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असारको १ गतेभित्र प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारहरूले आआफ्नो प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । प्रतिपक्षीको विरोधका […]