कोशी प्रदेशमा चट्याङ लागेर चार जना घाइते

झापा। बुधबार साँझ वर्षासँगै परेको चट्याङले झापा र धनकुटामा चारजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन्। साँझ ६:१० बजे झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका हुन्। उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको छ र उपचारका लागि […]

कृषकको कथा: चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै तिनतलेका किसान

भोजपुर। षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत […]

५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

भोजपुर। भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु। ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी […]

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई कृषिमन्त्री रामनाथ अधिकारीले गरे सम्मानित

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई सम्मानित भएका छन् । रैथाने कृषि उपज तथा बस्तुहरूको बजारीकरणमा खेलेको योगदानको कदर गर्दै काठमाडौँको दरबारमार्ग स्थित ओरियण्ट क्याफेमा सञ्चालित रैथाने हाटबजार एक सय हप्ता पुगेको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अध्यक्ष राईलाई सम्मानित गरेका हुन् । रैथाने कृषि उत्पादन, स्थानीय सीप र […]

मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा। मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार“लम्पी स्किन र स्वाइन फ्लूको […]

बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, ७१ वटा परियोजना राखिदै

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलन गर्ने भएको छ। सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने छ। […]