नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो, आज प्रतिबेदन बुझाउने

  • प्रकाशित मिति : August 22, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा छानबिन समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । विवादित क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिका सदस्य रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने जानकारी दिएका छन ।

कांग्रेसले नेता लेखक सहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाललाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा लगाएको थियो । नेता लेखकले आइतबार अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँने जानकारी संचारमाध्यम लाई दिएका छन।

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए । त्यस्तै मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।