म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

  • प्रकाशित मिति : February 27, 2022
  • sthaniyasarkar.com

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  जनाइएको छ ।

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ ।

म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।  जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।