काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सम्पन्न भएको छ ।
आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि स्थानीय तहको निर्वाचन कहिले हुने भन्नेबारे अन्यौलता नै थियो ।सोहीअनुसार प्रधानमन्त्रीले पनि जेठ ४ गते निर्वाचन गर्ने सहमति जनाएका हुन् ।