तेह्रथुममा जनप्रतिनिधि र कर्मचारीबिच हात हालाहाल

  • प्रकाशित मिति : August 9, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मुक्का हानाहान भएको छ ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच भनाभन चुलिएपछि मुक्का हानहान सम्मको स्थिती भएको बताइएको छ । गाउँपालिकाको कार्यालय परिसरमा भनाभन हुदै गर्दा सुरुमा कस्ले हात हालेको भन्ने खुलेको छैन ।

अध्यक्ष र लेखापालबीच भनाभन हुँदैगर्दा हात हालाहालको स्थिती भएको गाउँपालिकाका एक कर्मचारीले बताएका छन् । मुक्का हानाहान सकिएपछि अध्यक्ष र लेखापालले छुट्टाछुट्टै निवेदन ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा दिएका छन् । दुवैजनाको प्रहरीमा परेको निवेदनमा एकले अर्कोलाई आरोप लगाएको बताइएको छ ।

अध्यक्षको निवेदनमा लेखापालले आफुमाथि हातपात गरेको र लेखापालको निवेदनमा अध्यक्षले आफुमाथि हातपात गरेको उल्लेख भएको निवेदन प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए ।

दुवै निवेदनमाथी सोमबार प्रहरीले छलफल गर्ने भएको छ । गाउँपालिकामा अध्यक्ष र लेखापाल बीचको विवाद बढ्दै गएपछि गाउँपालिकाको काम प्रभावित बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को करिव २०० योजनाहरुको भुक्तानी हालसम्म गरेको छैन ।