परदेशी सुमनको जन्मथलो आठराई गाउँपालिकालाई स्वास्थ सामाग्रीको कोसेली

  • प्रकाशित मिति : June 6, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नया लक्षण सहितको कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरुसँगै कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशका विभिन्न जिल्लाहरुमा आवश्यक स्वस्थ्य सामाग्रीको अभाव हुन पुगेको छ। यसै अवस्थालाई मध्यनजर गर्दै परदेशमा रहेका नेपाली दाजुभाइहरुले आफ्नो देश र समाजलाइ अत्यावश्यक स्वास्थ सामग्री सहयोग गर्न थालेका छन।

यसैक्रममा बिगत ५ बर्षदेखी कोरियामा बस्दै आएका सुमन हाङस्रोङ ले आफ्नो जन्मठाउ तेह्रथुम आठराई गाउँपालिकालाई ब्यक्तिगत रूपमा महामारी नियन्त्रणका लागि अत्याबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन् ।

उनले गाउपालिकाभित्र कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी,सन्चारकर्मी, एम्बुलेन्स चालक जस्ता ब्यक्तिहरु लाई प्रथामिकतामा राखेर अत्यावश्यक स्वास्थका सामग्री हस्तान्तरण गरेका छन।

उनले आठराई गाउपालिका का सम्पुर्ण वडामा प्रति वडा २ सय थान मास्क र १ थान सेनिटाइजर, सुरक्षा निकायहरुमा प्रति निकाय १ सय थान मास्क र १ थान सेनिटाइजर, आठराई गाउँपालिकालाई १ सय थान मास्क र १ थान सेनिटाइजर र स्वास्थ्य शाखालाई १ सय थान मास्क र १ थान सेनिटाइजर गरी २ हजार ५ सय थान मास्क र १६ थान सेनिटाइजर स्थानीय सरोकारवाला र राजनीतिकर्मी मार्फत हस्तान्तरण  गरेका छन ।

समाजसेवी सुमन तेह्रथुम जिल्लाका पुर्ब वाइसीएल नेता र हाल माओवादी केन्द्र सम्बद्ध जनप्रगतिशिल मन्च कोरियाको केन्द्रिय सदस्य हुन् भने जेजु कमिटीको अध्यक्ष समेत हुन् । कोरियामा रहेका सुमन ले स्थानिय सरकार सङ कुरा गर्दै भने “आफू प्रबासमा बसेपनि आफ्नो देश र माटोलाइ परेको पीडामा थोरै मल्हम लगाउने प्रयास गरेको छु र आगामी दिनमा पनि यस्ता समाजिक काम लाई निरन्तरता दिन सदैव तत्पर रहने छु ।´´

यता सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र १ न. प्रदेश कमिटी सदस्य चुडामणि बराल (चिन्तन ) ,नेकपा माओवादी केन्द आठराई गाउपालिका इन्चार्ज बलिराज इङ्नाम, वाईसीएल तेह्रथुम जिल्ला निवर्तमान अध्यक्ष सागर थिङ्लाबु ,आठराई गापा वाईसीएल इन्चार्ज इन्द्र राज इङ्नाम,सचिव टीकाराज फोम्बो लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रबास बाट आफ्नो गाँस काटेर जन्मगाउ लाई गरेको सहयोग प्रति उपस्थित सबै जनाले सुमन हाङ्श्रोङ लाई धन्यवाद दिदै उज्ज्वल भबिष्यको कामना समेत गरेका थिए ।