तेह्रथुममा कोरोनाका कारण थप एकको मृत्यु

  • प्रकाशित मिति : June 6, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकामा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नं. २ हमरजुङका ७४ बर्षिय पुरुषको मृत्यु भएको हो । यो संगै तेह्रथुममा हालसम्म ५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

जेठ १९ गते उनको एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य थप समस्या आएपछि छथर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यू भएको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिनुभयो ।