मोरङ : मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाका नेपाली कांग्रेस युवा नेता सन्तोष गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका छन् ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका हुन् ।
जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारीहरु समेत अबको काङ्ग्रेसमा युवाहरुको नेतृत्व दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला काङ्ग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता गुरुङले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताउनु भयो ।
गुरुङ एक सफल व्यवसायी समेत हुन, हाल उनले आफ्नो व्यवसायमा २० जना भन्दा बढीलाई रोजगारीसमेत दिईरहेका छन।
गुरुङ भन्छन्; अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ, त्यसैले पनि म उम्मेद्बारी दिन्छु ।
यसपालीको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने गुरुङको भनाइ छ ।