काङ्ग्रेसको केन्द्रिय महाधिवेशन तीन दिन आगाडी, अन्य यथावत

  • प्रकाशित मिति : October 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन पुन:सरेको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । यता प्रदेश समितिको अधिवेशन भने मंसिर १६ र १७ गते हुनेछ ।

सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा गाउँ/नगरको वडा अधिवेशन कात्तिक २७ गते हुनेछन् ।

गाउँ/नगर अधिवेशन कात्तिक ३० मा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते हुनेछ । एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन भने मंसिर १० गते हुनेछ ।