सभापति देउवाकै गृहजिल्लामा क्रियाशील सदस्यता नसच्याइ डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद : डा. शेखर कोइराला

  • प्रकाशित मिति : September 8, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा लोकपि्रय नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत क्रियाशील सदस्यता नसच्याइ डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताएका छन् ।

मंगलबार निर्वाचन अधिकृतले  भदौ २५ गतेका लागि  वडा अधिवेशनको मिति तोकेका छ । बुधबार विहानै आफ्नो सामाजिक सञ्जालमार्फत कोइरालाले क्रियाशील सदस्यता नसच्याइ आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु निकै दुःखद भएको बताएका हुन ।

कोइरालाले नेपाली काँग्रेस डडेलधुराका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताए । केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको कृष्णप्रसाद सिटौला नेतृत्वको समितिको विश्वसनीयतामाथि शंकागर्ने प्रसस्त ठाउँ दिएको कोइरालाले बताए ।

‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?,’ कोइरालाले प्रश्न गरेकाछन् । ‘यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदै छ भन्ने प्रमाण दिन्छ ,’ उनको भनाइ छ ।

डडेल्धुरा घटनाले सबैलाई नराम्ररी झस्काएको भन्दै महाधिवेशन नगर्ने वहाना त हैन भन्दै उनले थप जिज्ञासा् राखेका छन । ‘म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु,’ उनले भने ।  ‘यसरी महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन । साथीहरु सबै सचेत बनौँ । आफ्नो आफ्नो स्थानबाट विरोध गरौ,’ उनले नेता तथा कार्यकर्तालाइ आह्वान गरेका छन।